मङ्गलबार, ०९ पुस २०८१

प्लाष्टिकको फूल बिक्री गर्नेलाई बालेन शाहले कार्वाही गर्ने


काठमाडौं, १३ कार्तिक । काठमाडौं उपत्यकामा प्लाष्टिकको फूल बिक्री वितरण गर्नेलाई काठमाडौं महानगरपालिकाले कार्वाही गर्ने भएको छ । महानगर प्रमुख बालेन साहले सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भनेका छन् ‘ प्लास्टिकका फुल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दछौँ । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

साथै उनले सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्न अनुरोध समेत गरेका छन् ।

फूलको व्यवस्थित बिक्री वितरणका लागि उपत्यकाभित्र ४६ ठाउँमा बिक्री स्थानको व्यवस्था गरिएको महानगरले जनाएको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ