सोमबार, ०८ पुस २०८१

पलेसा गोवर्धनलाई काठमाण्डाैंमा भव्य स्वागत


काठमाण्डाै, १९ भदाै ।   पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई ऐतिहासिक पदक दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बुधबार काठमाडौँमा भव्य स्वागत गरिएको छ।

पलेसाले पेरिस पारालिम्पिक्समा नेपाललाई काँस्य पदक दिलाएकी थिइन्। शुक्रबार राति भएको खेलमा उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको काँस्य पदक जितेकी हुन्। योसँगै पलेसा ओलम्पिक्स र पारालिम्पिक्समा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी छन्।

बुधबार बिहान स्वेदश आइपुगेकी पारा तेक्वान्दो खेलाडी पलेसालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ। उनी सहितको टोलीलाई नगर परिक्रमासहित स्वागत गरिएको हो। विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुगेर बधाई कार्यक्रम आयोजना गरिएको थियो।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र काँस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ