सोमबार, ०८ पुस २०८१

पहिला भीरबाट धकेले अनि ढुंगाले हानेर मारे


कठमाडौं, २३ भदौं ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा भेटिएको महिलाको शव हत्या गरिएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको निष्कर्ष निकालिएको हो ।

पक्राउ परेका रामविनय महराले प्रहरीलाई दिएको जानकारी अनुसार  सिराहा घर भई हाल काठमाडौँ–३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो । 

तर रामदुलारीको अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंकामा सन्तोष महरासँग मिलेर रामविनयले हत्या गरेको स्वीकारेका छन् ।

जुत्ता सिलाउने काम गर्दै आएका रामविनयले ज्याला मजदुरी गर्दै आएका दुलारीसंग प्रेम गरेका थिए ।

रामविनयले प्रहरीलाई दिएको जानकारी अनुसार सन्तोष महरासग मिलेर राम दुलारीलाई भिरबाट फालेका थिए । घाइते अवस्थामा रहेका दुलारीलाई त्यसपछि टाउकोमा ढुंगाले हानेर मारेको बताएका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ