- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडाैँ। सर्वोच्च अदालतले प्रा.डा विश्व पौडेलविरुद्ध रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको आदेश सदर गरेकाे छ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रशासनको दरपीठ आदेश सदर गरेको हाे । यससँग पौडेल गभर्नर बन्ने बाटाे खुलेकाे छ।
पौडेललाई गभर्नर नियुक्त गर्न योग्यता नपुग्ने दाबी गर्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च पुगेका थिए। उक्त रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो। दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लको इजलासले आदेश सदर गरेको हो ।
टिप्पणीहरू: