शुक्रबार, ०५ मंसिर २०८२

गौरादहमा ‘अटो’ दुर्घटना हुँदा एक जनाको मृत्यु


सांकेतिक तस्बिर

सुरुङ्गा (झापा)। सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ। गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो।

गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो।

दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए। उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ।

सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ