- असार ०६, २०८०
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
कावासोती नगरपालिका–१७ बस्ने १७ वर्षको राज विक गम्भीर घाइते भएका छन् । गैँडाकोटबाट रजहर तर्फ जाँदै गरेको ना ६३ प ९३९० नं को मोटरसाइकल डिभाइडरमा ठक्कर खाइ पल्टिँन जाँदा सुनौलीबाट काठमाडौँ तर्फ आउँदै गरेको लु २ ख ४४६१ नं को बसले सोही मोटरसाइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई गम्भीर अवस्थामा उपचारको लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा मोटरसाइकल चालक बिजेन पुलामीलाई चिकित्सकले मृत घोषण गरेका हुन् । अर्का घाइतेको उपचार भइरहेको छ ।
टिप्पणीहरू: