मङ्गलबार, १८ कात्तिक २०८२

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


सांकेतिक तस्बिर

दमौली (तनहुँ)। यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासी करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ