मङ्गलबार, १७ कात्तिक २०८३

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा हुँदा एक जनाकाे मृत्यु


काठमाडाैं । सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ल्यान्ड गर्ने क्रममा दुईवटा हेलिकप्टर एक आपसमा ठोक्किँदा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । घाइते हुने पनि विदेशी नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक नविनराज बुढाथोकीले हेलिकप्टरमा  सवार व्यक्तिबारे विस्तृत जानकारी आइनसकेकाे बताए। सोलुखुम्बुमा फेरिचे हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकप्टरकाे पंखा ठाेकिएकाे थियाे । 

फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकप्टर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ