शुक्रबार, १६ माघ २०८२

राैतहटकाे चन्द्रपुरमा ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते


चन्द्रपुर(रौतहट) । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीको  ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना कामदार घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो । सबै घाइतेका हातखुट्टा जलेका छन् । उनीहरूलाई उपचारका निम्ति वीरगञ्ज पठाइएको छ । विष्फोटनको कारण स्पष्ट भएको छैन । प्रहरी अनुसन्धान जारी छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ