सोमबार, ०५ साउन २०८२

ओलीकाे दावी झुटाे, भण्डारीकाे पार्टी सदस्यता नविकरण भैसक्याे


काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेको सदस्यता नवीकरण नै नभएको दाबी झुठो सावित भएको छ । कसैले उचालेका भरमा पूर्वराष्ट्रपतिले राजनीतिमा आउनु नहुनेसमेत उनले बताएका थिए ।

शुक्रबार बसेको पोलिटब्यूरो बैठकमा बोल्दै ओलीले पार्टीका विरुद्ध ठूलो संगठित हमला भइरहेको दाबी गर्दै यहीबेला पार्टी भित्रबाट पनि हमला सुरु भएको र यो रोकिनुपर्ने उनको भनाइ थियो । ओलीले भने, ‘पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले रोक्छ ।’

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा पत्रिकाबाट थाहा भएको उनले दाबी गरेका थिए ।

‘उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो, अहिलेको संवैधानिक व्यवस्थाअनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो’, उनले भने, ‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ । पार्टीको सदस्यता नवीकरण भएको छैन । सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो । यो मेरो व्यक्तिगत धारणा हो’, ओलीले भनेका थिए ।

तर एमालेको आधिकारीक वेवसाइटमा बिद्या भण्डारीको सदस्यता नवीकरण भएको प्रस्ट देखिन्छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले उहाँको सदस्यता नवीकरण भएको जानकारी दिए । त्यसाे त पाेलिटब्युराे बैठकले अधिकारीले आफुबाट गल्ति भएकाे भन्दै भण्डारीकाे पार्टी सदस्यता नवीकरण भएका प्रष्टिकरण दिन खाेजेका थिए । महासचिव शंकर पाेखरेलले बाेल्न राेकेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ