बिहिबार, ०८ माघ २०८२

जेनजी आन्दाेलनपछि पहिलाेपटक झापा पुगे ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् । जेनजी आन्दाेलनपछि उनी पहिलाे पटक झापा पुगेका हुन् ।

ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ