- मंसिर १०, २०८२
काठमाडौं । मुलुकको विकासका लागि आफुले व्यापक काम गरेको दावी गर्दै मतदाता भेटिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै क्षेत्रका मतदाताले टेलिफोन टावर बनाइदिन आग्रह गरेका छन् ।
मतदाता भेट्दै झापाको गौरीगञ्ज स्थित देवीगञ्ज पुगेका ओलीले स्थानीय मतदातासँग अब घर घरमा ग्यास पाइप जडान गर्ने आश्वासन दिए । उनको आश्वासन सुनिसेपछि मतदाताले भने ‘हाम्रो त मोबाइलमा सिग्नलै आउदैन एउटा टावर बनाइदिन प¥यो ।’ देवीगञ्जमा अहिले पनि मोबाइलले राम्रो सँग काम गर्दैन । कसैसँग कुरा गर्नकै लागि पनि हिँडेर अलि पर पुग्नु पर्ने वाध्यता छ ।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार बनेको ओली अहिले मतदाता भेटघाटमा सक्रिय छन् । सोही क्षेत्रबाट काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाहले पनि उम्मेदवारी दिएका छन् । अहिले बालेन र ओली दुबै जना मतदाता भेटघाटमा सक्रिय छन् ।
टिप्पणीहरू: