- असार ०६, २०८०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन्।
उनीहरूबीच संसद्मा देखिएको गतिरोधलगायतका विषयमा छलफल भइरहेकाे प्रधानमन्त्री सचिवालयले जनाएकाे छ।
छलफलमा माओवादीबाट महासचिव देव गुरूङ, प्रमुख सचेतक हितराज पाण्डे, महेन्द्रराय यादव पनि सहभागी छन्।
टिप्पणीहरू: