- असार ०६, २०८०
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
साथै उनीहरुको म्याद नथप्न परमादेश जारी भएको छ । न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।
ओली र लेखक दुवैको आइतबार तेस्रो पटक ५ दिनका लागि म्याद थप भएको थियो ।
सर्वोच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन । ५ दिनभित्र मुद्दा बुझाउनुपर्ने हुन्छ ।
अन्यथा उनीहरुलाई साधारण तारेख वा धरौटीमा रिहा गर्नु पर्ने छ ।
टिप्पणीहरू: