शनिबार, २४ जेठ २०८२

विश्व पौडेललाई गभर्नर बनाउने ओली र देउवाबीच सहमति


काठमाडाैँ। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्व पौडेललाई नै बनाउने सहमति भएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा भएको छलफलमा पौडेललाई नै गभर्नर बनाउने गरी सहमति भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

लामो रस्साकस्सीपछि गभर्नर नियुक्तिमा सहमति जुटेको हो । सकेसम्म आजै प्रक्रिया पूरा गरी पौडेललाई गभर्नर नियुक्त गर्ने तयारी रहेकाे बताइएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ