- असार ०६, २०८०
काठमाडौं, १७ पुस । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले केपी ओली सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप लगाएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।
आफ्नो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने भन्दै उनले भने ‘पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरेर के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’
टिप्पणीहरू: