शुक्रबार, २६ पुस २०८१

अबको १० वर्षमा २८ हजार मेगावट विद्युत उत्पादन


काठमाडौं, १७ पुस । सरकारले ‘उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गत साता पेश गरेको उक्त मार्गचित्र तथा कार्ययोजना मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

हाल ३ हजार ४ सय मेगावाट रहेको नेपालको विद्युत उत्पादनको क्षमता सन २०२५ देखि २०३५ सम्ममा २८ हजार ५०० पु¥याई प्रशारण र खपत गर्ने १० वर्षे कार्ययोजनाको कार्यान्वयन अवधिसमेत सुरु भएको छ ।

उर्जा उत्पादन, प्रसारण, वितरण तथा खपतलाई समेटेर ल्याइएको मार्गचित्र तथा कार्ययोजना समेटिएको लक्ष्य प्राप्त गर्न ४६ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रुपैयाँ) बराबर लगानी गर्नुपर्ने अनुमान गरिएको छ ।

त्यस्तै गरिव एव विपन्न वर्गलाई समेत जलविद्युत क्षेत्रमा लगानी सुनिश्चित गर्ने गरी सरकारले ‘समृद्ध नेपाल’ को अभियानलाई अगाडी बढाएको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ