- भदौ ०३, २०८१
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
खोटाङको कोपिलासगढी गाउँपालिकाबाट उपचारका लागि बिरामी लिएर काठमाडौं जाँदै गरेकाे ना १ ज ६४२१ नम्बरको सुमो बिहीबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ।
मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र उनीहरुका आफन्त ४५ वर्षीया तारा गुरुङ रहेका छन्।
बिहान साढे ६ बजेतिर सुमो दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुर्घटना गएराति नै भएको हुनसक्ने प्रहरीको अनुमान छ। चालक भने फरार रहेकाे र खोजी भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू: