बिहिबार, ३० असोज २०८२

आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित


काठमाडौँ। नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छन्।

अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

यही अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभाका क्रममा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् सङ्ख्याका लागि प्रतिस्पर्धा भएको थियो।

उक्त महासभाले सन् २०२६–२०२९ अवधिका लागि नयाँ नेतृत्व र देशीय प्रतिनिधिको निर्वाचन सम्पन्न गरेको छ। संयुक्त अरब इमिरेट्सका रजान खलिफा अल मुबारक पुनः दोस्रो कार्यकालका लागि आयुसिएनको अध्यक्ष पदमा सन् २०२६–२०२९ अवधिका लागि निर्वाचित भएकी छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ