शनिबार, १० साउन २०८२

बागमतीका मुख्यमन्त्री लामाबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेमा आइतबार राजीनामा दिएका ४ जना मन्त्री पनि सहभागि छन् ।

बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाईमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् ।

मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामा विरुद्ध आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ