शुक्रबार, १९ मंसिर २०८२

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए सपथ


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतका उपस्थिति थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सुमित्रा सुवेदी भण्डारीलाई मधेश प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ