बिहिबार, ०८ माघ २०८२

नेप्से परिसूचक २७१४ अंकमा


काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।

वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको भयो ।

१६२ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को स्थिर रह्यो । बैंकिङ समूह ०.३१ तथा व्यापार १.१५ प्रतिशत घटे । फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ