- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
तत्कालिन सभापति शेरबहादुर देउवाले पाैडेललाई २०७२ सालमा मुख्यसचिव नियुक्त गरेका थिए ।
विशेष महाधिवेशनले सभापतिमा थापालाई विजयी गराएपछि पाैडेलले राजीनामा दिएका हुन् ।
टिप्पणीहरू: