बिहिबार, ३० असोज २०८२

२५ सयबाट तल झर्याे नेप्से


काठमाडाैं ।  बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १८.४० अंकले घटेर २,४८७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै  ९ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमालयन पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९३ प्रतिशतका दरले बढेकाे छ ।

त्यसैगरी, समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ