शुक्रबार, ०२ साउन २०८२

नेप्से २७९४ विन्दुमा, काराेबार रकम पनि बढ्याे


काठमाडौं । सेयर बजारमा बुधबार पनि सकारात्मक लयमा छ। बुधबार नेप्से सूचक ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । बुधबार १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । 

यसअघि मंगलबार पनि नेप्से सूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा बन्द भएको थियो । मंगलबार ९ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको थियो । 

बुधबार सबैभन्दा धेरै विकास बैंकिङ समूह ३.७१ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावरको ६१ करोड ८७ लाख २६ हजार ६९४ रुपैयाँ बराबरको कारोबार भएको भएको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र सानिमा माई हाइड्रोपावर रहेका छन् । यस दिन ३३० कम्पनीको ४ करोड ३१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ