शुक्रबार, ०२ साउन २०८२

श्रीलंकामाथि नेपालकाे फराकिलाे जित


काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले  जित हात पारेकाे छ ।

बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेकाे थियाे ।

नेपालको जितमा कुसुम खतिवडा र समीक्षा मगरले समान दुई गोल गरे । त्यस्तै पूर्णिमा राई, सरीता नाथ र कप्तान विर्सना चौधरीको नाममा एक गोल रह्यो ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ