शुक्रबार, २९ साउन २०८३

नेपाली कांग्रेस देउवा समुहकाे राष्ट्रिय भेला आजदेखि


काठमाडाैं ।  नेपाली कांग्रेसका देउवा समुहले आजदेखि राष्ट्रिय भेला गर्ने भएका छन् ।

काठमाडौंको सुकेधारा मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे राष्ट्रिय भेलाको उद्घाटन हुनेछ।

भेलाको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले गर्नेछन्।

देउवा बिहीबार मात्रै हङकङबाट ५ महिनापछि नेपाल फर्किएका थिए। उनलाई बिहीबार नै काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा लगिएको थियो। भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधी, प्रकाशमान सिंह लगायतका नेताहरू सहभागी हुनेछन्।  

भेला साउन साउन ३१ गतेसम्म चल्नेछ।

विशेष महाधिवेशनविरूद्ध देउवा र नेता पूर्णबहादुर खड्काले पुनरवलोकन गर्न माग गरेकोमा हालै सर्वोच्च अदालतले अनुमति दिएको छ। 

देउवाले स्वदेश फर्किए लगत्तै आफु नेता बन्न नभएर देशकाे सेवा गर्न फर्किएकाे प्रतिक्रिया दिएका थिए । तर, सभापति गगन थापादेखि असन्तुष्ट नेता कार्यकर्ताले देउवालाई छाँया सभापतिकाे हैषियत दिएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ