- भदौ ११, २०८१
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले ६८ बलमा सात चौका प्रहार गर्दै ४८ रनको योगदान दिएका हुन् । त्यस्तै कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।
यता युएईका लागि ध्रुव पराशर, मुहम्मद जवादुल्लाह र जुनेद सिद्दिकीले समान दुई÷दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
टिप्पणीहरू: