शनिबार, ०४ जेठ २०८२

नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश


पोखरा । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर -३ मा प्रवेश गरेको छ ।

थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।

हङकङसंग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा सुपर-३ मा पुगेको हो ।

नेपालले ४ खेलमा २ जित, १ हार र १ खेलमा अंक बाडेर ५ अंक जोड्यो । यस्तै हङकङको ४ खेलमा १ जित र ३ अंक बाड्दा समान ५ अंक बनाएको थियो । नेपालले अब सुपर- ३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ । सुपर-२ का शीर्ष-२ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ