काठमाडाैँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
पार्टी सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी दलको बैठक बोलाएका हुन् ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने बताइएकाे छ ।
टिप्पणीहरू: