- असार ०७, २०८०
काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका –३ स्थित बेलासपुरमा स्थानीयबीच झडप भएको छ ।
तीन महिनाअघि गाउँका युवायुवातीबीच भागी विवाह भएको विषयमा अहिले केटा र केटा र केटी पक्ष एक अर्काविरुद्ध जाई लागेका छन् ।
केटाकेटी भागेपछि रिसाएका दुई पक्षबीच वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र समेत भएको थियो । तर, जब सोमबार केटी पक्षिय व्यक्तिले केटाका भाईलाई बाटोमा रोकेर कुटे अनि झडप सुरु भयो ।
झगडाले उग्ररुप लिएपछि झगडा साम्य पार्न गएको प्रहरीको भ्यानसमेत जलाइएको छ । झडपमा स्थानीय १५ जना बढी घाइते भएका छन् ।
टिप्पणीहरू: