बिहिबार, १५ माघ २०८२

राष्ट्रिय सभा निर्वाचन : देशैभरि मतदान सुरू


काठमाडाैं ।  राष्ट्रिय सभा निर्वाचनका लागि देशैभरि मतदान सुरू भएको छ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो।

फागुन २० गतेदेखि रिक्त हुन् १८ पदमध्ये १७ पदमा निर्वाचन हुँदैछ। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

आज हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ।

५९ सदस्यीय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ।

जसमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ