मङ्गलबार, १२ साउन २०८३

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको  मुग्लिन नजिकै पहिरो खस्दा  यातायात आवागमन  अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान  पहिरोबाट सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ