सोमबार, ०८ पुस २०८१

नारायणगढ–मुग्लिन सडक खण्डमा पाँचवटा गाडी ठोकिए


चितवन १६ भदौं । नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आइतबार पाँचवटा सवार साधन एक अर्कामा ठक्कर खाएको छ । ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर ०१ टी ६३७२ नम्बरको भारतीय बसले ग २ ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य छ । बसका चालक फरार रहेको र खोजी जारी रहेको रिजालले बताए ।

यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ११ च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश ०३–००१ च १७७० नम्बरको जिप र ग २ च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ