सोमबार, ०८ पुस २०८१

नेपालले कुवेतलाई दियाे २१४ रनको लक्ष्य


काठमाडौं, २७ कार्तिक। युएईमा जारी आइसीसी यू- १९ महिला टि–२० विश्वकप छनोटको चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । नेपालकी कप्तान पूजा महतोले विष्फोटक सतक प्रहार गरिन् ।

तेस्रो विकेटका लागि पूजा र सोनी पाख्रिनबीच केवल ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए । यू- १९ महिला क्रिकेटमा यो सबैभन्दा ठूलो साझेदारीको रेकर्ड हो ।

पूजाले ६९ बलमा १२३ रनको ऐतिहासिक इनिङ खेलिन् । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि सिनियर टिमबाट एक मात्र शतक रुबिना क्षेत्रीको नाममा थियो ।

पूजाले आफ्नो इनिङमा १७ चौका प्रहार गरिन् । उनले २९ बलमा अर्धसतक र ५७ बलमा सतक प्रहार गरेकी थिइन् । पूजालाई साथ दिएकी सोनीले ३३ बलमा ४३ रन बनाएर अविजित रहिन् । उनले दुई चौका प्रहार गरेकी थिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ