शुक्रबार, २९ चैत २०८१

नेपालीको धैर्यको बाँध टुट्न अब धेरै समय छैन : सौरभ


काठमाडौं, ६ असोज । नेपाली समाज चरम निराशामा रहेको विष्लेषक सौरभको भनाई रहेको छ । सञ्चारकर्मी भुषण दाहालसंग कुरा गर्दै सौरभले नेपालीहरु सहनशील भएकाले मात्रै हिँसा नभएको भन्दै धैर्यको बाँध टुटन धेरै समय नलाग्ने बताए ‘यदि सेना प्रहरीले नेताहरुको सुरक्षा दिन छाडे भने पब्लिक लिञ्चङ हुन्छ ।’ दाहालसंग कुरा गर्दै सौरभले भने । बंगलादेशको जस्तै घटना घटन सक्ने संकेत पनि गरे उनले । ‘जंगलको पानी चुच्चोले निभाउन सक्दैनौं भन्ने जान्दा जान्दा  पनि पानी हालिरहेका छौंै । तर, अब धैर्यको बाँध टुट्न लागेको छ ।’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा शर्मा ओली काठमाडौं महानगरपालिकाका मेयर बालेनसंग भिडेको प्रसंगमा सौरभले प्रधानमन्त्री ओलीलाई ‘हिप्पोक्रेसी’ मानक भनेर टिप्पणी गरे । गत निर्वाचनमा काठमाडौं क्षेत्र नं १० रबिन्द्र मिश्रलाई हराएर प्रकाशमान सिंहलाई जिताएको प्रसंग निकाल्दै उनले भने ‘त्यसरी चुनाव हराउनु भयो अनि पत्रिकामा युवा माथी आर्टिकल लेख्नु भयो । यो भनेको हिप्पोक्रेसी हो ।’

अहिले मन्त्रीहरु हाँस्य कलाकारकाे भुमिकामा रहेकाे उनकाे भनाई थियाे । 'नेपालमा यति धेरै जाेक्करहरु छन् । जाेक्करहरुले देश चलाईरहेका छन् ।' यहि शैली कायम रहे नेपालमा ओली, देउवा र प्रचण्ड मात्रै बाँकी रहने उनले बताए ।

संविधान संसाेधनलाई सरकारले जाेड ताेडका साउ उठाए पनि सम्भव नहुने उनकाे भनाई छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ