- असार ०६, २०८०
काठमाडौँ। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नागार्जुन रिसोर्टले रु एक लाख सहयोग प्रदान गरेको छ।
काठमाडौँको नागार्जुनमा अवस्थित सो रिसोर्टले कप्तान भण्डारीको उपचारका लागि उक्त रकम उनको बैङ्क खातामा जम्मा गरिदिएको रिसोर्टका सञ्चालक निरोज पन्तले जानकारी दिए।
घुँडामा भएको सङ्क्रमणसँग जुधिरहेकी साम्बा पुनः जटिल शल्यक्रियाको तयारीमा रहेकी र शल्यक्रिया महङ्गो भएकाले उनले आर्थिक सहयोगको याचना गरेकी थिइन्।
नेपाली फुटबललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिने राष्ट्रको गौरव खेलाडीको उपचारका लागि उक्त रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग उपलब्ध गराएको सञ्चालक पन्त र व्यवस्थापन प्रमुख अभिषेकविक्रम शाहले बताए।
टिप्पणीहरू: