शुक्रबार, ०३ जेठ २०८२

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन


फाइल तस्बिर

वीरगञ्ज (पर्सा)। अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । 

रगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्काे सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ ।

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा  ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ