बुधबार, २१ असोज २०८३

चाेलेन्द्रकाे घरमा सम्पत्ति शुद्धीकरणकाे छापा


काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ ।

विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको छ ।

स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ ।

जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको हो । जबराका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ ।

प्रधानन्यायधिश हुँदा समेत केही विवादास्पद काम गरेका जबराले न्यायधिस हुँदा गरेकाे केही निर्णयकाे अहिले पनि आलाेचना हुने गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ