आइतबार, ०२ कात्तिक २०८२

मोहन वैद्यले दिए राजीनामा, सीपी गजुरेललाई महासचिवको जिम्मेवारी


फाइल तस्बिर

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्।

स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले पदबाट राजीनामा दिएका हुन्।

उनले राजीनामा दिएपछि नेता सीपी गजुरेललाई महासचिवको जिम्मेवारी दिएका छन्।

शनिबार राति सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरिसकेकाे छ।

वैद्य दम, निमोनियालगायतबाट लामो समयदेखि पीडित छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ