- असार ०७, २०८०
काठमाडाैं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारी समितिको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी भएका छन्।
मिश्रले ५ हजार ५२ मत पाएर विजयी भएका भने उनले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत पाएका छन् ।
बारको महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्। मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।
मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा र बागमतीबाट तेजबहादुर रावल विजयी भएका छन्।
गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा उपाध्यक्ष निर्वाचित भएका छन्।
महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले जितेकी छन्। यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन्।
टिप्पणीहरू: