- असार ०६, २०८०
काठमाडौं । हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्शेर राणाले राजसंस्था पुनर्स्थापनाको आन्दोलन जारी रहेको बताएका छन् ।
‘हाम्रो आन्दोलन जारी छ,’ मिश्र र राणाले एकसाथ बताए । प्रहरीले म्याद थप गर्न अदालतमा मंगलबार उपस्थित गराउने क्रममा समर्थक र शुभचिन्तकलाई जनआन्दोलनका नेतृत्वकर्ताले ‘थम्ब्स अप’ दिँदै बताए ।
जननिर्वाचित सांसद राणाले यस अघि अदालतमा उपस्थित हुने क्रममा, ‘चिन्ता नगर्नु, गन्तव्य नजिक छ’ भनेका थिए ।
टिप्पणीहरू: