सोमबार, ०५ साउन २०८२

‘मन्त्री गुप्ताको राजीनामाले मात्र पुग्दैन, पोलिएका अन्य मन्त्रीमाथि पनि छानबिन हाेस्’


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले घुस प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन्।

प्रतिनिधिसभा मंगलबार बसेको बैठकमा बाेल्दै सांसद नेपालीले मन्त्रीले राजीनामा दिएर मात्र नपुग्ने बताएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताज्यूले आफूमाथि उठेका गम्भीर आराेपहरूकाे सन्दर्भमा राजीनामा दिनुभएकाे समाचार आएकाे छ। तर यतिले मात्र हुँदैन। अरु मन्त्रीहरू पनि पोलिएका छन्, याे गम्भीर विषयमा निष्पक्ष छानबिन हाेस् र दोषी उपर यथाशिघ्र कारबाही होस्,’ सांसद नेपालीले भने।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले मन्त्री गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरे।

‘विभिन्न किसिमकाे काण्ड त मच्चाइयाे-मच्चाइयाे, हुँदाहुँदा मन्त्रीकाे अडियो रेकर्ड आउँदासमेत मन्त्रीलाई पक्राउ नगर्ने? पक्राउ गरेर छानबिन गराैँ,’ शाहीले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ