मङ्गलबार, ०६ साउन २०८२

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा


फाइल तस्बिर

काठमाडौँ। घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

७८ लाख घुस मागेकाे अडियो बाहिरिएपछि विवादित बनेका मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएका हुन्।

उनले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएकाे बताएका छन्।

कास्कीकाे मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख घुस मागेको अडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएकाे थियाे।

गुप्ता पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ