- असार ०६, २०८०
काठमाडौँ। घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
मन्त्री गुप्ताले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएका हुन्।
उनले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकाे बताएका छन्।
राजीनामा बुझाएपछि उनले आफूले नखाएको विष लागेकाे दाबी गरेका छन्।
‘कहिलेकाहीँ नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्रीपदबाट राजीनामा गरेको छु’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्।
साथै उनले प्रविधिको प्रयोग गरेर आफूलाई शिकार बनाइएकाे जिकिर गरेका छन्।
उनले भनेका छन्, ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्मा विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
टिप्पणीहरू: