शुक्रबार, ०५ मंसिर २०८२

पूर्वमन्त्री खड्काले भाडामा लिएकाे स्काउटकाे जग्गामा महानगरले लगायाे डाेजर


काठमाडौं । पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दिपक खड्काले भाडामा लिएकाे नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरले डोजर लगाएकाे छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।

अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिइएको थियो ।

पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् ।

स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ । तर, लामाे समयदेखि भाडा नतिरेकाे स्काउटले जनाएकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ