शुक्रबार, ०७ कात्तिक २०८२

राष्ट्रियसभाका अध्यक्ष र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, के-के भयाे कुराकानी?


काठमाडाैँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्। 

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको दाहालकाे सचिवालयले जनाएकाे छ।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ