- असार ०६, २०८०
काठमाडौं। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरले प्रतिवेदनमाथि छलफल गरिरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा छलफल हुन लागेको छ।
छलफलमा सहभागी हुनु नेता शेखर कोइराला, सहमहामन्त्री जीवन परियार, बद्रि पाण्डे, मिनेन्द्र रिजाललगायतका नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका छन्। केही समयअघि मात्रै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता कायम राख्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका थिए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन आयोजना भएको थियो भने बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन्।
टिप्पणीहरू: