बुधबार, ०३ वैशाख २०८२

मेयर बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, निष्पक्ष छानबिन गर्न माग


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् ।

तीनकुनेमा प्रहरीको गोली लागेर मृत्यु भएका २९ वर्षीय सविन महर्जनको परिवारलाई बालेनले मंगलबार कीर्तिपुरस्थित घरमा पुगेर भेटेका हुन् ।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीकाे प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सविनकाे मृत्यु भएकाे थियाे ।


सविनकाे परिवारलाई भेटेपछि मेयर बालेनले निष्पक्ष छानबिनको माग गरेकाे उनकाे स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

‘व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य हुदैँ होइन, यो अपराधिक हो। दोष कुनै पनि पक्षको होला त्यो तपशिलको कुरा हो, निस्पक्ष न्यायिक छानबिन हुनैपर्छ । तर्क जे सुकै होस्, कोहिले अनाहकमा ज्यान गुमाउनु भएन’, मेयर बालेनकाे भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव शाहले सामाजिक सञ्जालमार्फत भनेका छन् । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ