- असार ०६, २०८०
काठमाडौं। तिनकुनेको गैरीगाउँस्थित एक गोदाममा भीषण आगलागी भएको छ।
गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ।
गोदाममा लागेको आगो छेउछाउका घरमा पनि सल्किएकाे र आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएकाे छ।
आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानसमेत प्रभावित भएको छ।
टिप्पणीहरू: